PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

हरियो पहिरनले भरिए पसल, तर भरिएनन् ग्राहक

हरियो पहिरनले भरिए पसल, तर भरिएनन् ग्राहक

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : साउन महिना लागेसँगै हरियो चुरापोते तथा हरियो पहिरन लगाउने चलन नेपाली हिन्दू महिलाहरुका बीच रहेको छ। यस वर्ष पनि अघिल्ला वर्षझैँ फेन्सी तथा कपडा पसलहरु हरियो चुरापोते तथा हरियो पहिरनले सजिसजाउ भइसके। तर ग्राहकको चहलपहल भने शून्य जस्तै छ।

अघिल्ला वर्षहरुमा हरियो पहिरन किन्ने ग्राहकहरुको भिडले खुट्टा टेक्ने ठाउँ समेत नहुने गरेको इन्द्रचोक क्षेत्रमा अहिले भने फाट्टफुट्ट मात्रै ग्राहक देखिएका छन्। ग्राहक नआउँदा व्यवसायीहरु निराश बनेका छन्। कोरोना भाइरसको कहरका कारण मानिसहरुको चहलपहलमा कमी आएको हो।

‘पहिले पहिले साउन १ गते भुँईमा खुट्टा टेक्ने ठाउँ हुँदैन थियो, अहिले भने पूरै खाली छ, व्यापार ठप्प छ, टाइम पास गर्न मात्रै आएको जस्तो भएको छ,’ इन्द्रचोकका व्यवसायी सतिश श्रेष्ठले बताए।



ट्रेन्डिङ पोस्ट

Ncell