PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

४ भारतीय जिप प्रहरीको नियन्त्रणमा, आवश्यक कारबाहीको लागि पठाइयो वीरगंज भन्सार



राधेश्याम पटेल

४ भारतीय जिप प्रहरीको नियन्त्रणमा, आवश्यक कारबाहीको लागि पठाइयो वीरगंज भन्सार

वीरगंज : पर्सा प्रहरीले अवैध रुपमा भारतबाट चोरी पैठारी गरी सञ्चालन गरिएका ४ भारतीय जिप नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगंज भन्सार पठाएको छ। गत असार ३० गते पूर्व सूचनाका अधारमा प्रहरीले वीरगंज-११ श्रीपुरस्थित सडकमा जाँच गर्ने क्रममा दुई वटा स्कोर्पियो, एउटा सुमो गोल्ड र अर्को बोलेरो गरी ४ वटा गाडी नियन्त्रणमा लिई कारबाही प्रकृया अगाडि बढाएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।

प्रहरीले बिआर ०५ पिए ६१५१, बिआर ०१ पिसी ७८९५ नम्बरका स्कोर्पियो, बिआर ०५ पिए १०९१ नम्बरको सुमो गोल्ड र बिआर ३० एस ४७०१ नम्बरको बोलेरो नियन्त्रणमा लिएको थियो। प्रहरीले गाडी नियन्त्रणमा लिएको तीन दिन बिति सक्दा पनि कोही हक दाबी गर्न नआएकोले आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालय पठाइएको पर्सा प्रहरीले जनाएको छ।

कोरोना महामारीका कारण पनि दर्जनौँ गाडी भारतबाट भित्रेको तर दुवै देशको सीमा शिल हुँदा भारतीय गाडीहरु फिर्ता जान नपाएकोले पनि नेपाली सीमा क्षेत्रका बासिन्दाहरुको गुनासो छ।लकडाउनमा भन्सार कटाएको म्याद पनि सकिएको र हाल भन्सार इन्ट्री पनि बन्द रहेकोले नेपालमा फसेका भारतीय गाडीहरु लुकीछिपी चलिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell