PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

कपाल मुण्डन गरी महिलालाई गाउँ परिक्रमा गराउने ७ जनाविरुद्ध मुद्दा दर्ता



पहिलोपोस्ट

कपाल मुण्डन गरी महिलालाई गाउँ परिक्रमा गराउने ७ जनाविरुद्ध मुद्दा दर्ता

वीरगंज : पर्साको छिपहरमाई गाउँपालिका-३ छोटकी जयमंगलापुरकी एक महिलालाई कपाल मुण्डन गरी, मुखमा कालोमोसो दलेर जुत्ताचप्पलको माला लगाई गाउँ परिक्रममा गराउने ७ जनामाथि मुद्दा दर्ता भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले अपमानजनक एवं अमानवीय व्यवहार सम्बन्धी कसुरमा पक्राउ परेका ४ जना र फरार रहेका ३ जना गरी ७ जना माथि मुद्दा दर्ता गरेको जनाइएको छ। बिहीवार पक्राउ परेका ४ जना र फरार रहेका अन्य ३ जना गरी ७ जना माथि मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी मनोजित कुँवरले जानकारी दिए।

पक्राउ पर्नेहरुमा स्थानीय गायक मुनिलाल परदेशी, पीडितका देवर राजदेव ठाकुर, उनकी श्रीमती ईन्दु देवी, अर्का देवर दिपेन्द्र ठाकुरकी श्रीमती सन्ध्या देवी रहेका छन्। घटनामा संलग्न छिपहरमाई गाउँपालिका कार्यपालिका सदस्य सुवास साह, अगुवाहरु सञ्जय गिरी र देवर दिपेन्द्र ठाकुर फरार रहेकोमा उनीहरुको खोजी कार्य भइरहको छ।

दुई वर्ष पहिले पतिको निधन भएपछि घरपरिवार तथा गाउँका अगुवाले माइत घर भारतमा अर्कै पुरुषसँग बस्दै आएको आरोप लगाएका थिए। बोक्सीको आरोपमा विगतमा पनि दुर्व्यवहार गर्दै आएका आएको प्रहरीले जनाएको छ।

घटनालाई मिलाउन छिपहरमाई गाउँपालिकाकाका जनप्रतिनिधिहरु सक्रिय रहेको स्थानीयले बताएका छन्। घटना साम्य बनाउन नेकपाका नेताहरुले प्रहरीमा दबाब दिइरहेको पनि स्थानीयको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell