काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रधानन्त्री केपी शर्मा ओलीको बेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदै गरेको बताएका छन्।
‘ओली हटाऔं देश बचाऔं’ ह्यास ट्यागसहित ट्विटरमा उनले कोरोना, अर्थतन्त्र, भ्रष्टाचार, विदेश नीति, जातीय/धार्मिक द्वेष, राज्यका अंगको प्रसंग जोड्दै हिट्लर पनि निर्वाचित रहेको स्मरण गराएका छन्। हिटलरको चरम राष्ट्रवाद हतियार रहेको बताउँदै उनले सोधेका छन्: आखिर के भयो?
संसदबाटै संकटमोचन किन हुँदैन भन्दै उनले प्रश्न गरेका छन्।
प्रम@kpsharmaoli को वेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदैछ।कोरोना,अर्थतन्त्र,भ्रष्टाचार,विदेशनीति,जातीय/धार्मिक द्वेष,राज्यका अंग.!स्मरण रहोस् हिट्लर पनि निर्वाचित थिए;चरम राष्ट्रवाद उनको पनि हतियार थियो।आखिर के भयो?नेकपा किन अलमलमा?संसदबाटै संकटमोचन किन हुन्न?#ओलीहटाऔंदेशबचाऔं
— Baburam Bhattarai (@brb1954) July 18, 2020
