PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

अयोध्यामा राम मन्दिर बनाउने विषयमा आज महत्वपूर्ण निर्णय हुँदै



पहिलोपोस्ट

अयोध्यामा राम मन्दिर बनाउने विषयमा आज महत्वपूर्ण निर्णय हुँदै

नयाँ दिल्ली : उत्तर प्रदेशको अयोध्यामा राम मन्दिर बनाउने विषयलाई लिएर आज महत्वपूर्ण निर्णय हुनसक्ने भारतीय मिडियाले जनाएका छन्। राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टको आज बैठक जसमा मन्दिर निर्माणको शिलन्यासबारे निर्णय हुनसक्ने छ।

मन्दिर निर्माण समितिका अध्यक्षसमे रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका पूर्व मुख्य सचिवसमे रहेका नृपेन्द्र मिश्रा आजको बैठकमा सहभागी हुँदैछन्। 'उहाँ प्रधानमन्त्री मोदीले तय गरेको मिति लिएर उपस्थित हुनुहुनेछ,' स्रोतलाई उदृत गर्दै समाचार एजेन्सी एएनआईले जनाएको छ।

मिश्रा बिहीवार नै अयोध्या पुगिसकेका छन्। उनीसँगै ट्रस्टका सुरक्षा सल्लाहकार तथा सीमा सुरक्षा बलका पूर्व प्रमुख केके शर्मा पनि छन्। राम मन्दिर अगस्ट महिनाबाट सुरु हुने अपेक्षा गरिए पनि कोरोना भाइरसका कारण लक्ष पूरा हुन सक्ने देखिएको छैन।

यसअघि ट्रस्टका अध्यक्ष नृत्यगोपाल दासले प्रधानमन्त्री मोदीलाई पत्राचार गरेर राम मन्दिर निर्माणको भूमि पूजाको लागि निमन्त्रणा दिएका थिए। मोदीलाई पत्राचार गरिएको प्रवक्ता महन्त कमल नायन दासले जानकारी दिए।

सत्तारुढ दल भारतीय जनता पार्टीका लागि राम मन्दिर सबैभन्दा ठूलो चुनावी मुद्दा रहँदै आएको थियो। दुई दशकदेखिको विषय कार्यान्वयनमा जानु भाजपाका लागि ठूलो सफलताका रुपमा लिइएको छ।

भारतको सर्वोच्च न्यायालयले लामो समयदेखि विवादको घेरामा रहेको अयोध्यामा नै राम मन्दिर बनाउन फैसला सुनाएपछि केन्द्र सरकारले ट्रस्ट गठन गरेको हो। राष्ट्रिय स्वयमसेवक संघका अध्यक्ष मोहन भागवत मन्दिरको शिलन्यासमा सहभागी हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell