PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

पछिल्लो २४ घण्टामा देशभर ५७ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए संक्रमित?



पहिलोपोस्ट

पछिल्लो २४ घण्टामा देशभर ५७ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए संक्रमित?

काठमाडौं : शनिवार ५७ जनामा कोरोना भाइरसको संक्रमित पुष्टि भएको छ। ३ हजार ३ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा ५७ जनामा कोरोना पुष्टि भएको हो।

हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय २५ जना छन्। जम्मा संक्रमितको संख्या १७ हजार ५ सय २ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। उनले हालसम्म क्वारेन्टाइनमा बस्नेको संख्या २३ हजार २ सय ७५ र आइसोलेसनमा रहेकाहरुको संख्या ५ हजार ८ सय ४५ रहेको बताए।

कुन जिल्लामा कति थपिए संक्रमित?

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा मोरङका २ तथा तेह्रथुमका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोशी अस्पताल विराटनगरमा इलामका १ र मोरङका ६ जना तथा प्रादेशिक प्रयोगशाला विराटनगरामा झापा १ र मोरङका १ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए।

नारायणी अस्पतालको प्रयोगशाला वीरगंजमा बाराका १ जना तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सर्लाहीका २ र नुवाकोटका १ जनालाई संक्रमण देखिएको छ। यस्तै, प्रादेशिक प्रयोगशाला पोखरामा बाग्लुङ र पर्वतका १र१ जनामा संक्रमण देखिएको छ।

प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गुल्मी र पाल्पाका २र२ जनामा संक्रमण देखिएको छ। सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशालामा दैलेखका १ जना र दैलेख पीसीआर प्रयोगशालामा दैलेखका ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

चौरहजारी नगरपालिका प्रयोगशालामा  सल्यानका १ र रुकुम पश्चिमका ३ जनामा पनि कोरोना पुष्टि भएको छ। डडेल्धुरा अस्पताल प्रयोगशालामा डडेल्धुराका २, बझाङका २ र डोटीका ७ जनमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

सेती प्रादेशिक अस्पताल धनगढीमा कैलालीका १३ र कञ्चनपुरका १ जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरी, हालसम्म प्रदेश १ मा ८ सय २८, प्रदेश २ मा ४ हजार ४ सय ८३ वाग्मतीमा ८ सय ५२, गण्डकीमा १ हजार ३ सय ५९, प्रदेश ५ मा ४ हजार ३ सय ३९, कर्णालीमा १ हजार ८ सय १३ र सुदूरपश्चिम प्रदेशमा ४ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell