PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

जलेश्वर कारागारमा कर्तव्य ज्यान मुद्दामा सजाय काट्दै आएकी महिला कैदीको मृत्यु



पहिलोपोस्ट

जलेश्वर कारागारमा कर्तव्य ज्यान मुद्दामा सजाय काट्दै आएकी महिला कैदीको मृत्यु

जनकपुरधाम : महोत्तरीको जलेश्वर कारागारमा एक जना महिला कैदीको मृत्यु भएको छ। कर्तव्य ज्यान मुद्दामा सजाय काट्दै आएकी सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा नम्बर ४ की अन्दाजी ३५ वर्षीया रेशा खातुन भन्ने नुर जहाँ खातुनको मृत्यु भएको हो।

विगत १०/१५ दिनदेखि बिरामी परेकी खातुनको अवस्था गम्भीर भएपछि गत बिहीवार जलेश्वर जिल्ला अस्पतालमा भर्ना गरिएकोमा राति करिब २ बजेतिर उपचारकै क्रममा उनको मृत्यु भएको कारागारका जेलर मकसुदन महासेठले जानकारी दिए। उनका अनुसार १०/१५ दिनदेखि खातुनले टाउको दुखेको बताउँदै आएकी थिइन्। औषधी दिएपनि अचानक बिहीवार उनको अवस्था गम्भीर भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

उपचारकै क्रममा राति २ बजेतिर उनको मृत्यु भएको जेलर महासेठले बताए। खातुन कर्तव्य ज्यान मुद्दामा गत मंसिर १९ गतेदेखि सजाय भोग्दै आएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell