PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

दुरुस्तै रणवीर कपुरजस्तो देखिने कश्मिरी मोडलको निधन



पहिलोपोस्ट

दुरुस्तै रणवीर कपुरजस्तो देखिने कश्मिरी मोडलको निधन

पाँच वर्षअघि बलिउड अभिनेता ऋषि कपुरले एउटा ट्वीट लेखे : 'हे भगवान्! मेरो छोराजस्तै देखिने कोही रहेछ। यो साँच्चै दुरुस्तै रणवीरजस्तो छ।' 

ट्वीटसँगै उनले दुई फरक तस्विर राखेका थिए। एउटा उनका छोरा तथा अभिनेता रणवीर कपुर। अर्को तस्विर पनि रणवीरकोजस्तै देखिन्थ्यो। तर, उनी थिए रणवीरका ‘हमसकल’ जुनैद शाह। उनी थिए कश्मिरी मोडल। 

उक्त ट्वीट लगत्तै जुनैदका अन्य तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भयो। रणवीरसँग निकै मिल्दो उनको मुहार बारे चर्चा भयो। लगत्तै उनले मुम्बईका केही प्रोजेक्टमा काम समेत पाएका थिए। केही समय अघि भने कश्मिरमा आफ्नो बुवाको रेखदेखका लागि फर्किएका थिए।

तीनै जुनैदले यो साता अन्तिम सास फेरे। उनको २८ वर्षको उमेरमा कार्डियक अरेस्टका कारण निधन भएको बलिउड हंगामाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell