PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

लकडाउनले नेपाली चलचित्र क्षेत्रमा पारेको असरबारे लेख्ने ४ पत्रकार पुरस्कृत



पहिलोपोस्ट

लकडाउनले नेपाली चलचित्र क्षेत्रमा पारेको असरबारे लेख्ने ४ पत्रकार पुरस्कृत

काठमाडौँ : शनिवार चलचित्र पत्रकार संघ नेपालले ४ जना पत्रकारलाई पुरस्कृत गरेको छ। कोरोना भाइरस (कोभिड-१९) ले नेपाली चलचित्र क्षेत्रमा पारेको प्रभाव, उत्पन्न समस्या र त्यसको समाधानका आयामहरू समेट्ने सोध, खोज र वस्तुगत तथ्याङ्कमा आधारित सामाग्रीको प्रतियोगिताका विजेताहरूलाई संघकै कार्यालयमा पुरस्कार दिइएको छ।

शान्तिप्रिय, विदुर गिरी, दिपेन्द्र लामा, जीवनकुमार पराजुली र समीर बलामी रहेको छनोट समितिले मापदण्ड अनुरुप गरेको मूल्याङ्कनमा पत्रकार ध्रुव लम्साललाई उत्कृष्ट घोषित गर्‍यो। त्यस्तै विष्णु शर्माको सामाग्री द्वितिय, मनोज न्यौपाने तृतिय र रीना मोक्तान चौथो ठहरिए। प्रथम, द्वितिय, तृतिय र चौथो हुने विजेताहरूलाई क्रमश: १५ हजार, १० हजार, ५-५ हजार दिइएको हो।

चलचित्र क्षेत्र र चलचित्र पत्रकारितामा कोरोना भाइरस संक्रमण र लकडाउनले पारेको प्रभावबारे अध्ययन, अनुसन्धान र समाधानका उपायको खोजका लागि प्रेरित गर्न संघले प्रतियोगात्मक अभियान सुरु गरेको अध्यक्ष दिनेश सिटौलाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell