PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

नेकपा सचिवालय बैठक सकियो, राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवास प्रस्थान



कुञ्जरमणि भट्टराई

नेकपा सचिवालय बैठक सकियो, राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवास प्रस्थान

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा करिब ४ घण्टा बसेको बैठकमा पार्टीभित्र देखिएको असहमति हटाउने बारेमा नेताहरुबीच छलफल भयो। तर शनिवारको बैठकले पनि कुनै निष्कर्ष निकाल्न भने सकेन।

सचिवालय बैठकले आइतबार दिउँसो ३ बजे स्थायी कमिटी बैठक बोलाउने र त्यहाँ पनि पार्टीमा देखिएको समस्या बारेमा छलफल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

‘आजपनि कुनै निष्कर्षमा पुगेको छैन। दुवै अध्यक्षले एकआपसमा छलफल गरेर निकास दिनेछन्।’ श्रेष्ठले भने।

बैठकमा सहमति कै आधारमा अघि बढ्ने र जनादेशको रक्षा गर्ने बारेमा नेताहरुबीच छलफल भएको छ।

सचिवालय बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शितल निवास तर्फ प्रस्थान गरेका छन्। 

प्रधानमन्त्री ओलीलाई प्रचण्ड र नेपाल समूहले दुवै पद छाड्न दबाब दिइरहेका छन्। तर ओली भने कुनैपनि पद त्याग्ने पक्षमा देखिएका छैनन्। नेताहरुबीच कुरा नमिल्दा तीन साता भइसक्दासम्म पनि नेकपाको विवाद कायमै छ।

नेताहरुबीच पटक पटकको भेटघाटमा समस्या समाधान गर्न कुनै निर्णय हुन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell