PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

सरकारको स्वास्थ्य मापदण्ड पालना नगर्ने ३० वटा सार्वजनिक सवारी साधन कारबाहीमा



पहिलोपोस्ट

सरकारको स्वास्थ्य मापदण्ड पालना नगर्ने ३० वटा सार्वजनिक सवारी साधन कारबाहीमा

काठमाडौं : सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना नगरी सञ्चालन गरिएका ३० सार्वजनिक सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालन नगरी सम्बन्धित जिल्लाभित्र सञ्चालनमा आएका सार्वजनिक यातायातलाई विशेष जाँचमार्फत कडाइ गरिएको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए। नियन्त्रणमा लिइएका सवारी साधनलाई आगामी दिनमा गल्ती नगर्न भनि सम्झाएर छाडिएको ढकालले बताए।

सार्वजनिक यातायातमा चढ्ने सबै यात्रुले मास्क लगाउनुपर्ने, स्यानिटाइजर प्रयोग गर्नुपर्ने, चालकले पन्जासहित मास्क पनि लगाउनुपर्ने, सिटको आधा मात्रै यात्रु चढाउनु पर्ने, सिटको एक लहरमा एक जना मात्रै यात्रु राख्नुपर्ने र तोकिएको भाडादरको ५० प्रतिशत बढी भाडा लिन पाउने जस्ता व्यवस्थालाई दुरूस्त पालना गराउन ४४ वटै ट्राफिक कार्यालयबाट विशेष टोली परिचालन गरिएको महाशाखाले जनाएको छ।

सार्वजनिक सवारी साधनहरुलाई सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गर्न, यात्रुको स्वास्थ्यलाई ध्यानमा राखी स्यानिटाइजर, मास्क उपलब्ध गराउने र एक पटक परिक्रमा गरेपछि डिसइन्फेक्सन गर्ने जस्ता कार्यहरू गर्न आग्रह गरिएको महाशाखाले जनाएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell