PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

औबमेयाङ चम्किँदा आर्सनल म्यानचेस्टर सिटीलाई हराउँदै फाइनलमा



पहिलोपोस्ट

औबमेयाङ चम्किँदा आर्सनल म्यानचेस्टर सिटीलाई हराउँदै फाइनलमा

एफ ए कप अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीलाई हराउँदै आर्सनल फाइनलमा प्रवेश गरेको छ। वेम्बले स्टेडियममा भएको खेलमा पियरे एम्रिक औबमेयाङको दोहोरो गोलमा आर्सनलले २-० को जित निकालेको हो।

आर्सनलको जितमा दुवै गोल औबमेयाङले गरे। उनले खेलको १९ औं मिनेटमा पेपेको पासमा खाता खोलेका थिए। पहिलो हाफमा १ गोलले अघि रहेको आर्सनलका लागि दोस्रो हाफमा औबमेयाङले नै अर्को गोल थपेका थपेका थिए। ७१ औं मिनेटमा दोस्रो गोल गरेसँगै आर्सनलले फाइनलको यात्रा सुनिश्चित गरेको हो।

आर्सनलले फाइनलमा म्यानचेस्टर युनाइटेड र चेल्सीको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell