PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

एकै दिन ३८ हजारभन्दा धेरै संक्रमित भारतमा शनिवारमात्रै ५ सय ४५ ले गुमाए ज्यान



पहिलोपोस्ट

एकै दिन ३८ हजारभन्दा धेरै संक्रमित भारतमा शनिवारमात्रै ५ सय ४५ ले गुमाए ज्यान

नयाँ दिल्ली : कोरोना संक्रमणका कारण खराब अवस्थाबाट गुज्रिरहेको भारतमा संक्रमित संख्यामा नयाँ रेकर्ड बनेको छ। शनिवार ३८ हजार भन्दा धेरै कोभिड १९ पोजेटिभ केस फेला परेको छ भने ५ सय ४५ जनाको मृत्यु भएको छ। यससँगै भारतमा मृत्यु हुने कोरोना भाइरस संक्रमितको संख्या २७ हजारको नजिक पुगेको छ।

पछिल्लो साताका चार दिनमा कोरोना संक्रमितको संख्याले भारतमा नयाँ रेकर्ड बनाइरह्यो। मंगलवार संक्रमितको संख्याले ३० हजार सीमा पार गरेको थियो भने शनिवार ३८ हजार १ सय ४१ जनामा संक्रमण देखिएको टाइम्स अफ इन्डियाले जनाएको छ। एक सातामा भारतमा ४ हजार १ सय २७ जना संक्रमितको मृत्यु भएको छ।

शनिवारको तथ्याङ्कसहित भारतमा कोरोना संक्रमितको संख्या १० लाख ७६ हजार ८ सय ६१ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell