PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

एक सय ६० जनाको विदेशमै मृत्यु, २८ हजार ६ सय ८१ कोरोना संक्रमित



रासस

एक सय ६० जनाको विदेशमै मृत्यु, २८ हजार ६ सय ८१ कोरोना संक्रमित

काठमाडौँ : विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट विदेशमा १ सय ६० नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली सङ्घका अनुसार बितेका सात दिनमा कतारमा आठ, कुवेतमा तीन र संयुक्त अरब इमिरेट्समा पाँच जनाको मृत्यु भएको हो।

शनिवार साँझसम्म विश्वका विभिन्न १४ मुलुकमा १ सय ६० नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको जनाउँदै सङ्घले २८ हजार ६८१ जना अर्थात् ९३ प्रतिशत सङ्क्रमणमुक्त भएका बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell