PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

काठमाडौं जान पैसा तिरेर कोभिड १९ परीक्षण गराउनेमा पनि देखियो संक्रमण



राधेश्याम पटेल

काठमाडौं जान पैसा तिरेर कोभिड १९ परीक्षण गराउनेमा पनि देखियो संक्रमण

वीरगंज : नारायणी अस्पतालस्थित पीसीआर ल्याबका अनुसार शनिवार एकै दिन १ महिलासहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आठ जनामध्ये औराहा–५ बाराकी २८ वर्षीया महिलामा संक्रमण देखिएको छ। बाँकी ७ जना पुरुष रहेका छन्। तीमध्ये एक/एक जना त्रिजुद्ध क्वारेन्टाइन वीरगंजबाट पेड क्वारेन्टाइनको सञ्चालनमा रहेको कुमु प्यालेस होटलका २६ वर्षीय र अर्का पर्सागढीस्थित बडनिहार क्वारेन्टाइनबाट स्वाब परीक्षण गराएका २३ वर्षिय पुरुष रहेका छन्।

यी दुवै युवक भारतबाट आएको बताइएको छ। त्यसैगरी, नेशनल मेडिकल कलेजमा उपचार गराउन गएका तर आरडीटीमा पोजेटिभ देखिएपछि पीसीआर परीक्षण गराएका २६ वर्षीय युवक रहेका छन्।

वीरगंज–९ का ३२, ३७ र ४१ वर्षका पुरुष पनि स्वेच्छाले परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको छ। शनिवार भेटिएका ८ जना मध्ये काम विशेषले काठमाडौं जाने क्रममा परीक्षण गराएका ५ जनामा कोरोना पुष्टि भएको वीरगंजका चिकित्सक तथा स्वास्थ्यकर्मी पुनः चिन्तित बन्न थालेका छन्।

शुक्रवारसम्म वीरगंजस्थित अस्थायी कोभिड गण्डक हस्पिटलमा १० जना संक्रमित उपचाररत रहेकोमा शनिवार थपिएका ८ जना जोडेर अब वीरगंजमा १८ जनाको उपचार हुनेछ। भारत, बैगलोरबाट आएका ३६ वर्षीय पुरुषको उपचारको क्रममा वीरगंजमा अचानक मृत्यु हुँदा नेपालमा कडा खालको कोरोना प्रवेश गरेको र अगामि दिनमा प्रयाप्त तयारी नभए अवस्था नाजुक बन्नसक्ने गण्डक कोभिड अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell