दक्षिण भारतका फिल्म स्टार प्रभाष र बलिउड अभिनेत्री दीपिका पादुकोण एकसाथ स्क्रिनमा देखिने भएका छन्। टाइम्स अफ इन्डियाले जनाए अनुसार उनीहरू तेलेगु फिल्ममा अभिनय गर्दैछन्। उक्त फिल्म हिन्दी र तामिलमा पनि डब हुने जनाइएको छ।
साइन्स फिक्सन जनरको फिल्मलाई नाग अश्विनले निर्देशन गर्नेछन्। फिल्मको पृष्ठभूमी तेस्रो विश्वयुद्धको रहने छ। 'प्रभाष २१' नाम रहने फिल्मको युनिटले चाँडै आधिकारिक घोषणाको तयारी गरिरहेको छ।
प्रभाष र दीपिकाले स्क्रिन सेयर गर्न लागेको यो पहिलो पटक हो। आउँदो वर्षको अप्रिलदेखि छायाँकनका लागि फ्लोरमा निस्काने फिल्मको रिलिज टार्गेट सन् २०२० राखिएको छ।
प्रभाषले लकडाउन बीच पूजा हेग्डेसँगको नयाँ फिल्म 'राधे श्याम'को पोस्टर सेयर गरेका छन्।
