PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

१७ लाख जाली नोट प्रकरण: भारतमा छापेर नेपालमा तस्करी, लागुऔषधदेखि हतियार पनि ओसारपसार



राधेश्याम पटेल

१७ लाख जाली नोट प्रकरण: भारतमा छापेर नेपालमा तस्करी, लागुऔषधदेखि हतियार पनि ओसारपसार

वीरगंज: बाराबाट शनिवार बरामद गरिएको नेपाली र भारतीय करिब १७ लाख नक्कली नोटहरु भारतमै छापिएको खुलेको छ। बारा प्रहरीका अनुसार पक्राउ परेका तीन जना अभियुक्तबाट प्रारम्भिक अनुसन्धानको क्रममा सबै नोट भारतबाट आएको खुलेको हो।

अनुसन्धानमा उनीहरुको गिरोह लागुऔषधदेखि हतियार तस्करीसम्म अन्य अपराधिक गतिविधिमा संलग्न रहँदै आएको खुलेको छ।

‘उनीहरुको बयान अनुसार भारतमै छापेर उतैबाट नेपाल ल्याएको भनेका छन्,’ बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले भने, ‘आज साँझसम्म कुन राज्यको कुन फ्याक्ट्रिरीमा जाली नोट छापिन्छ भन्ने कुरा पनि पत्ता लगाउने छौं।’

तीन जना लागु औषध कारोबारीले लागु औषध ओसारपसार गर्न भारतबाट बाराको नाका हुँदै नेपाल भित्रिदै छन् भन्ने सूचनाको अधारमा लागु औषध नियन्त्रण व्युरो कोटेश्वर र बारा प्रहरीको टोलीले थालेको चेकजाँचको क्रममा शनिवार दिउँसो १ बजे बाराबाट ठूलो परिमाणमा नेपाली र भारतीय जाली नोटहरु भेटिएको थियो।

बारा, महागढिमाई नगरपालिका वडा नं २ बरियारपुरमा तीन जनालाई नियन्त्रणमा लिई उनीहरुले बोकेको झोला चेकजाँच गर्दा नेपाली र भारतीय जाली नोट गरी करिब १७ लाखको नोट बरामद भएको थियो। उनीहरुको साथबाट एक हजारको १४६५ थान आर्थात १४ लाख ६५ हजार, एक सयको ७४६ थान आर्थात ७४ हजार ६ सय गरी कुल १५ लाख ४९ हजार ६ सयको नोट फेला परेको थियो।

त्यसैगरी, भारु ५ सयको २८४ थान आर्थात १ लाख ४२ हजार र भारु ५० को ७०६ थान आर्थात ३५ हजार ३ सय गरी कुल भारु १ लाख ७७ हजार ३ सय फेला परको प्रहरीले जनाएको छ। जाली नोटको कारोबारमा पक्राउ पर्नेमा बाराका दुई जना छन भने एक जना भारतीय युवक रहेका छन्।

भारत, मोतिहारी, पूर्बी चम्पारण, झरौखन करैया १० बस्ने वर्ष रामविश्वास प्रसाद कुशवाहा, बारा आदर्शकोतवाल गापा ६ का वर्ष ३० का नरेन्द्र कुशवाहा र बारा, सिम्रौनगढ नपा ५ का वर्ष २६ का मनोजकुमार साह तेली गरी तीन जना माथि खोटा चलन मुद्दा दायर गर्ने तयारी भएको बाराका प्रहरी उपरीक्षक पंगेनीले बताए।

उनका अनुसार यो गिरोह जाली नोटको ओसारपसार गर्ने मात्र नभई जुनसुकै अपराधिक गतिविधिमा सक्रिय रहेको खुलेको छ। ‘लागुऔषध, जाली नोट, हतियारलगायत सबै प्रकारको तस्करी गर्ने गराउने गिरोह रहेको छ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell