PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

३ सय ६४ जनाको स्वाब परीक्षण गर्दा २४ जनामा कोरोना पोजेटिभ



पहिलोपोस्ट

३ सय ६४ जनाको स्वाब परीक्षण गर्दा २४ जनामा कोरोना पोजेटिभ

कैलाली : धनगढीमा गरिएको परीक्षणमा कैलालीका थप २४ जनामा कोरोना भाइर संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ३ सय ६४ जनाको नमुना परीक्षणका क्रममा कैलालीका २४ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

पाँच महिला र १९ पुरुष गरी थप २४ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार बर्दगोरिया गाउँपालिकाका दुई महिला र ६ पुरुष गरी ८ जना, जोशीपुर गाउँपालिकाका एक महिना र ६ पुरुष गरी ७ जनामा कोरोना पुष्टि भएको हो।

यस्तै गौरीगंगा नगरपालिकाका एक महिला र चार पुरुष गरी पाँच जना, टीकापुर नगरपालिकाका एक महिला र तीन पुरुष गरी चार जनामा सङ्क्रमण पुष्टि भएको छ। यससँगै कैलालीमा सङ्क्रमितको सङ्ख्या नौ सय ७८ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell