PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

मदिराले मात्तिएर ठूलो खरिबोटमा प्रहरीमाथि हातपात, दुई जना पक्राउ, एक प्रहरी घाइते



पहिलोपोस्ट

मदिराले मात्तिएर ठूलो खरिबोटमा प्रहरीमाथि हातपात, दुई जना पक्राउ, एक प्रहरी घाइते

काठमाडौं : काठमाडौं महानगरपालिका-३१ ठूलो खरिबोटस्थित ड्युटीमा खटिएको प्रहरीमाथि हातपात भएको छ। अभद्र व्यवहार गरेको अभियोगमा सोही ठाउँ बस्ने १९ वर्षीय कुमार रोक्का लगायत २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उक्त स्थानमा मादक पदार्थ सेवन गरी हो-हल्ला गर्दै मानिसहरु हिँडेको भन्ने खबर प्राप्त हुनासाथ देउराली बिटबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्दा उनीहरुले प्रहरी टोली माथि नै गाली गलौज गरी हातपात समेत गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

घटनामा घाइते भएका १ जना प्रहरी कर्मचारीको सिभिल अस्पताल मिनभवनमा उपचार भइरहेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell