PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

काठमाडौंमै लुटियो दुई बालिकाले कानमा लगाएको सुनको मुन्द्रा



पहिलोपोस्ट

काठमाडौंमै लुटियो दुई बालिकाले कानमा लगाएको सुनको मुन्द्रा
PHOTO : flipkart

काठमाडौं : काठमाडौं महानगरपालिका-२६ गल्कोपाखास्थित बागमती ड्राईभिङ सेन्टर नजिकबाट कास्की घर भई काठमाडौं महानगरपालिका-२६ कपुरधारा बस्ने २ जना बालिकाले कानमा लगाएको करिब १ तोला बराबरको सुनको मुन्द्रा शनिबार दिउँसो लुटपाट भएको छ।

बालिकाहरु सडकमा हिँडिरहेको अवस्थामा अपरिचित अन्दाजी ३५ वर्षीया महिलाले ललाई फकाई गल्लीमा लगि उक्त मुन्द्रा लुटि फरार भएको बताइएको छ।

लुटपाटमा संलग्न फरार महिलाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell