PahiloPost

Jun 24, 2026 | १० असार २०८३

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २६ जना उत्तीर्ण, अन्तर्वार्ता साउन २१ देखि २४ गतेसम्म



पहिलोपोस्ट

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २६ जना उत्तीर्ण, अन्तर्वार्ता साउन २१ देखि २४ गतेसम्म

काठमाडौं : न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदको लिखित परीक्षामा उत्तीर्ण गर्ने उम्मेद्वारहरुको नामावली सार्वजनिक गरेको छ। २०७६ फागुन २१, २२, २३ र २४ गते लिइएको लिखित परीक्षामा २६ जना उत्तीर्ण भएका छन्। 

आयोगको २०७७ साउन ४ गतेको बैठकबाट उनीहरुलाई अन्तर्वार्ताको लागि छनौट गरिएको हो। अन्तर्वार्ता न्याय परिषद् सचिवालय रामशाहपथमा हुने आयोगले जनाएको छ। अन्तर्वार्ता साउन २१, २२ र २३ गते अपराह्न ३ वजे तथा २४ गते बिहान ११ वजे हुनेछ।

परीक्षा दिन आउँदा परीक्षा फारमको साथमा आफूले पेश गरेका प्रमाणपत्रहरूको सक्कल प्रति तथा प्रवेशपत्र लिई परीक्षा समयभन्दा एक घण्टा अगावै उपस्थित हुन आयोगले अनुरोध गरेको छ।

उत्तीर्ण हुनेहरुको सूची :

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell