PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

भक्तपुरका टोलटोलमा दहन गरियो गथांमुग

भक्तपुरका टोलटोलमा दहन गरियो गथांमुग

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: काठमाडौं उपत्यकाका नेवार समुदायले आज गथांमुग दहन गरेका छन्। कोरोना संक्रमणका कारण धेरैजसो स्थानमा सिमित मानिस भेला भएर गथांमुग दहन गरिएको हो।

नेवार समुदायले गथांमुग लाई भूतप्रेत पन्छाउने दिनका रुपमा मनाउँदै आएका छन्। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गथांमुगलाई विभिन्न तरिकाले बनाउने र बिसर्जन गर्ने गरिन्छ। कत्तै नकर्टको गथांमुग: बनाइन्छ त कतै छ्वालीको।

भक्तपुरमा छ्वालीको गथांमुग बनाएर दहन गर्ने गरिएको छ। छ्वालीको गथांमुग बनाएर त्यसलाई राक्षसी स्वरुप दिएर विभिन्न स्थानमा बालिएको हो। भक्तपुरको इनाचो,दतात्रय,टौमढी लगायतका स्थानमा गथांमुग बनाएर दहन गरिएको हो।

गथांमुग दहन गर्दा बालबालिका लागि गथांमुग छुवाउने गरिन्छ। त्यसो गर्नाले नराम्रो शक्तिले बालबालिकालाई नछुने जनविश्वास गरेको छ। 



ट्रेन्डिङ पोस्ट

Ncell