PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

नेवार समुदायमा सुरु भयो जात्रापर्व, सिपाडोलमा दहन गरियो गथांमुग

नेवार समुदायमा सुरु भयो जात्रापर्व, सिपाडोलमा दहन गरियो गथांमुग

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौँ: गथांमुग सँगै नेवार समुदायमा जात्रापर्वको माहोल सुरु भएको छ। यद्यपि, कोरोना कहरका कारण यसपटक धेरै जात्रापर्वमा असर पर्ने देखिएको छ। गथांमुग पनि मनाउने नमनाउने भन्ने अन्योल रहेको बेलामा पहिलेभन्दा सीमित व्यक्ति भेला भएर भक्तपुरको सिपाडोलमा गथांमुग दहन गरिएको छ।

किसानहरुले रोपाईँ गर्न शक्तिशाली गथांमुग: राक्षसलाई बोलाउने गरेको र अहिलेको समयलाई धान रोपेर किसान आराम गर्ने समय भएकाले राक्षसको काम सकियो भन्दै फिर्ता पठाउन गथांमुग: दहन गरिने परम्परा रहेको छ।

भक्तपुरमा यस पर्वलाई यौन शिक्षा दिने पर्वका रुपमा समेत लिइन्छ। यहाँ गथांमुग: दहन गर्न लैजाँदा अश्लील गीत गाउने गरिन्छ।

उपत्यकाका धेरैजसो स्थानमा पुरुष गथांमुग: बनाइएको हुन्छ। थोरै स्थानमा भने पुरुष र महिला गथांमुग: बनाइएको हुन्छ।

भक्तपुरको सिपाडोलमा पुरुष र महिला गथांमुग बनाइएको थियो। भीमकाय शरीरमा लिंग स्वरुप तस्विर टाँसिन्छ भने केही स्थानमा भने काठको लिंग राख्ने गरिन्छ। त्यससँगै दुई भोगेटे राख्ने गरिन्छ। यस्तै महिला गथांमुग:मा योनी बनाइन्छ।

गथांमुग: दहनका बेला महिला र पुरुषको सम्भोग आवश्यक छ भन्ने भाव भएका गीत समेत गाउने गरिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell