PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

अनलाइन कक्षा पुनः सञ्चालन गर्न निजी विद्यालयलाई सरकारको आग्रह



पहिलोपोस्ट

अनलाइन कक्षा पुनः सञ्चालन गर्न निजी विद्यालयलाई सरकारको आग्रह

काठमाडौँः शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्थगित गरिएको अनलाइन शिक्षण कार्यक्रमलाई निरन्तरता दिन निजी विद्यालयहरुलाई आग्रह गरेको छ। मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै विषम परिस्थिति जारी रहेको भन्दै स्थगन गरिएको शिक्षण सहजीकरण कार्यलाई निरन्तरता दिन आग्रह गरेको हो। 

लगानीतकर्ताका मागलाई राज्यले यथोचित रुपमा सुनुवाइ गरिरहेको पनि विज्ञप्तिमा स्मरण गराइएको छ। हालै जारी मौद्रिक नीतिले व्यवसायीले लिएको ऋणको साँवा तथा ब्याज भुक्तानीको कठिनाइ हेरेर म्याद थप तथा कर्जा पुनःतालिकीकरण गर्ने व्यवस्था गरिएको पनि विज्ञप्तिमा जनाइएको छ। 

मन्त्रालयले सिकाइ सहजीकरण कार्यक्रममा कुनै बाधा परेमा सम्बन्धित स्थानीय तहसँग परामर्श गर्न पनि पुनः आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell