PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

बैंकिङ कसुरमा पाँच वर्ष कैद सजाय पाएका सिद्धार्थ डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक सिलवाल पक्राउ



पहिलोपोस्ट

बैंकिङ कसुरमा पाँच वर्ष कैद सजाय पाएका सिद्धार्थ डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक सिलवाल पक्राउ

काठमाडौँः बैंकिङ कसुरमा उच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाएका सिद्धार्थ डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक मधुसुदन सिलवाललाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आइतबार साँझ सिलवाललाई भक्तपुरको थिमीबाट पक्राउ गरिएको डिआइजी सहकुल थापाले जानकारी दिए। 

सिद्धार्थ बैंक यसअघि नै जनता बैंकसँग मर्ज भइसकेको छ। जनता बैंकलाई पनि हालै ग्लोवल आइएमी बैंकले प्राप्ति गरिसकेको छ। 

सिलवाललाई उच्च अदालतले २०७३ असोज ४ गते एक मुद्दामा दुई वर्ष कैद ३० लाख धरौटी रकम जफत गर्न आदेश गरेको थियो। न्यायाधीशद्वय डिल्लीराज आचार्य र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले धरौटीमा छुटेपछि तारेख गुजारेकोमा धरौटी जफतको आदेश गरेको थियो।

यस्तै, २०७३ चैत २४ गते न्यायाधीशद्वय जीवनहरि अधिकारी र प्रेमराज कार्कीको इजलासले तीन वर्ष कैद र एक करोड रुपैयाँ जरिवानाको आदेश गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell