PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

वीरगंजमा कोरोना संक्रमित २४ घण्टासम्म पनि अस्पतालको सम्पर्कमा आएनन्, नेशनल मेडिकल कलेजबाट भएको थियो स्वाब संकलन



राधेश्याम पटेल

वीरगंजमा कोरोना संक्रमित २४ घण्टासम्म पनि अस्पतालको सम्पर्कमा आएनन्, नेशनल मेडिकल कलेजबाट भएको थियो स्वाब संकलन

वीरगंजः वीरगंजमा कोरोना पोजेटिभ देखिएका एक व्यक्ति २४ घण्टा बितिसक्दा पनि सम्पर्कविहीन छन्। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताले ती व्यक्तिको स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो।

नारायणी अस्पतालमा भएको पीसीआर परीक्षणमा २६ वर्षीय ती युवकमा कोरोना पोजेटिभ देखिएको थियो। शनिबार साँझ ८ बजे कोरोना पोजेटिभ नतिजा आएको थियो। तर आइतबार राति १० बजेसम्म आइसोलेसनमा पुर्‍याइएको छैन।

वीरगंजमा कोभिड उपचारका लागि गण्डक अस्थायी अस्पताललाई तोकिएको छ। गण्डक अस्पतालका संयोजक डा. उदयनारायण सिंहले ती संक्रमितलाई अस्पतालमा नल्याइएको बताए।

संक्रमित सम्पर्कमा नआए पनि स्वाब पठाउने नेशनल मेडिकल कलेज र स्थानीय प्रशासनले यसबारे स्पष्ट जवाफ दिएका छैनन्।

स्वाब संकलन गर्ने सम्पर्क व्यक्तिको नाममा नेशनल मेडिकल कलेजका फिजिसियन डा. असरफ हुसैनको नाम राखिएको छ। स्वाब संकलन गरिएको व्यक्तिको ठेगाना भने खुलाइएको छैन।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले हालसम्म संक्रमित सम्पर्कमा नआएको बताए।

‘नेशनल मेडिकल कलेजमा अध्ययनरत एमबीबीएसका भारतीय विद्यार्थी हुन भन्ने बुझिएको छ। चाँडोभन्दा चाँडो आइसोलेसन पुर्‍याउन निर्देशन भइसकेको छ', बस्नेतले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell