PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

म्यानचेस्टर युनाइटेडलाई हराउँदै चेल्सी फाइनलमा



पहिलोपोस्ट

म्यानचेस्टर युनाइटेडलाई हराउँदै चेल्सी फाइनलमा

एफए कप अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई हराउँदै चेल्सी फाइनल प्रवेश गरेको छ। वेम्ब्ले स्टेडियममा भएको खेलमा चेल्सीले युनाइटेडलाई ३-१ ले हराउँदै फाइनलमा आर्सनलसँग भेट पक्का गरेको हो।

चेल्सीको जितमा ओलिभिअर जिराउड र म्यासन माउन्ट गोल गरे। त्यस्तै युनाइटेडका ह्यारी म्यागुइरले आत्मघाती गोल गरे। पहिलो हाफको अतिरिक्त समयमा जिराउडले चेल्सीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा एक गोलले अघि रहेको चेल्सीका लागि दोस्रो हाफमा माउन्टले अर्को गोल थपे। खेलको ४६ औं मिनेटमा उनले गोल गरेका थिए। त्यस्तै ७४ औं मिनेटमा म्यागुइरले आत्मघाती गोल गर्दा चेल्सीले ३ गोलको अग्रता बनाएको थियो। यता युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै ८५ औं मिनेटमा सान्त्वना गोल फर्काए।

जितसँगै फाइनल प्रवेश गरेको चेल्सीले उपाधिका लागि आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ। आर्सनल म्यानचेस्टर सिटीलाई हराउँदै फाइनल प्रवेश गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell