PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

चीनको मेनल्यान्डमा २२ जनामा देखियो कोरोना भाइरस, ५ केस चाहिँ 'इम्पोर्टेड'



पहिलोपोस्ट

चीनको मेनल्यान्डमा २२ जनामा देखियो कोरोना भाइरस, ५ केस चाहिँ 'इम्पोर्टेड'

बेइजिङ : आइतवार चीनको मेनल्यान्डमा २२ जना नयाँ कोरोना भाइरस संक्रमित फेला परेका छन्। अघिल्लो दिन १६ जना संक्रमित देखिएकोमा आइतवार बढेको यहाँको हेल्थ कमिसनले जनाएको छ।

समाचार संस्था रोयटर्सका अनुसार पश्चिमी चीनको सिनजियाङमा १७ जनामा कोरोना भाइरस देखिएको नेसनल हेल्थ कमिसनले वक्तव्यमार्फत् जानकारी दिएको छ। बाँकी ५ जना भने इम्पोर्टेड केस रहेको बताइएको छ।

यससँगै चीनमा कोरोना भाइरस संक्रमितको संख्या ८३ हजार ६ सय ८२ पुगेको छ भने मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३४ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell