PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

मेस्सीको दोहोरो गोलमा बार्सिलोनाको सानदार जित



पहिलोपोस्ट

मेस्सीको दोहोरो गोलमा बार्सिलोनाको सानदार जित

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले अलाभेसमाथि फराकिलो जित निकालेको छ। मेन्डीजोर्रोजा स्टेडियममा भएको सिजनको आफ्नो अन्तिम खेलमा बार्सिलोनाले ५-० को सहज जित निकालेको हो।

बार्सिलोनाको जितमा लियोनल मेस्सीले २ गोल गर्दा अन्शु फाती, लुइस स्वारेज र नेल्सन सेमेडोले समान १/१ गोल गरे। २४ औं मिनेटमा फातीको गोलबाट अग्रता लिएको बार्सिलोनाका लागि ३४ औं मिनेटमा मेस्सी र ४४ औं मिनेटमा स्वारेजले गोल गर्दा पहिलो हाफमै बार्सिलोनाले तीन गोलको अग्रता बनाएको थियो। दोस्रो हाफमा मेस्सीले नै फेरि अर्को गोल थपे। उनले खेलको ७५ औं मिनेटमा गोल गर्दा सेमेडोले पनि दोस्रो हाफमै अर्को गोल थपे।

च्याम्पियन रियल बराबरीमा रोकियो

लिग च्याम्पियन रियल मड्रिड भने गएरातिको खेलमा लेगानेससँग बराबरीमा रोकियो। दुईपटक अग्रता बनाएर पनि मड्रिडले घरेलु टोलीमाथि जित निकाल्न सकेन। लेगानेसले च्याम्पियन मड्रिडलाई गार्ड अफ अनर पनि दिएको थियो।

रियलले खेलको ९ औं मिनेटमा सर्जियो रामोसको गोलबाट अग्रता बनाएको थियो। तर पहिलो हाफको अतिरिक्त समयमा ब्रायन ग्रिलले गोल लेगानेसलाई बराबरीमा ल्याए। त्यस्तै दोस्रो हाफमा पनि मार्को असेन्सियोकव गोलमा रियलले फेरि अग्रता बनाएको थियो। तर यसपटक ७८ औं मिनेटमा रोजर एसेलले गोल गर्दै खेल फेरि बराबरीमा ल्याए। र, च्याम्पियन रियलले लिगको अन्तिम खेलमा २-२ को बराबरी खेल्यो।

बराबरीको बावजुत लेगानेस रेलिगेशनमा परेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell