PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

हिलाम्मे फोटोपछि खेतमा सलमान खानको 'ट्र्याक्टर ड्राइभ', भाइरल हुँदै भिडियो



पहिलोपोस्ट

हिलाम्मे फोटोपछि खेतमा सलमान खानको 'ट्र्याक्टर ड्राइभ', भाइरल हुँदै भिडियो

केही अघि सलमानले किसानलाई सम्मान छ 'रेस्पेक्ट टू अल द फार्मरस' भन्दै इन्टाग्राममा हिलाम्मे फोटो पोस्ट गरेका थिए। उनको यस्तो स्वरुप देखेर धेरैले विभिन्न खाले रियाक्ट गरेका थिए जसमा उनका फ्यानहरुको तारिफ अत्याधिक थियो।

हिजो भने सलमानले भिडियो पोस्ट गरेका छन्। भिडियोमा उनी आफैँले खेतमा ट्र्याक्टर लगाइरहेका छन्। फिल्ममा बेपर्वाह गाडी कुदाउने उनको खेत जोत्ने ट्र्याक्टर ड्राइभ हेर्न लायक छ। सलमानले खेती (फार्मिङ) भन्दै भिडियो अपलोड गरेका हुन्।

भिडियोमा उनले खेत जोत्न ट्र्याक्टर चलाउनेमात्र होइन, चालकलाई सघाएको पनि देखिन्छ। लकडाउन सुरु भएदेखि नै सलमान खान आफ्नो फार्म हाउसमा रहँदै आएका छन्। त्यहीबाट उनले फोटो र भिडियो लगातार पोस्ट गरिरहेका छन्।

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

Farminggg

A post shared by Salman Khan (@beingsalmankhan) on



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell