PahiloPost

Apr 10, 2026 | २७ चैत्र २०८२

काठमाडौंमै 'गाउँ डुल्न हिँड्दा' पहिरोले पुर्‍यो, गयो २२ वर्षीय युवकको ज्यान



पहिलोपोस्ट

काठमाडौंमै 'गाउँ डुल्न हिँड्दा' पहिरोले पुर्‍यो, गयो २२ वर्षीय युवकको ज्यान
पहिरोको फाइल फोटो

काठमाडौं : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा एक जना युवकको पहिरोले पुरिएर मृत्यु भएको छ।

कागेश्वरी मनोहरा नगरपालिका १ गागलफेदी १ मा पहिरोले पुरिएर २२ वर्षीय युवक नवराज गुरुङको मृत्यु भएको हो।

उनी आइतवार साँझ गाउँ नजिकै आएको पहिरोमा पुरिएका थिए।

'घरबाट गाउँतिर घुम्न निस्किएको बेला पहिरो आएर पुरिएको अवस्थामा शव भेटिएको हो,' महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नविन कार्कीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell