PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

८४ वर्षीय साउदी राजा अस्पताल भर्ना



पहिलोपोस्ट

८४ वर्षीय साउदी राजा अस्पताल भर्ना

रियाद : साउदी अरेबियाका ८४ वर्षीय राजा सलमान विन अब्दुल्लाज अस्पताल भर्ना भएका छन्। स्वास्थ्यस्थिति प्रतिकूल भएका कारण उनलाई राजधानी रियादको अस्पतालमा भर्ना गरिएको त्यहाँको समाचार एजेन्सी एसपीएलाई उदृत गर्दै रोयटर्सले जनाएको छ।

विश्वको सबैभन्दा ठूलो तेल उत्पादक मुलुकका प्रमुखको उपचार जारी भए पनि थप विवरण खुलाइएको छैन। उनको अमेरिकासँग विशेष सम्बन्ध रहँदै आएको छ।

सन् २०१२ मा उनी साउदीको राजा भएका हुन्। उनले रियादको गभर्नरका रुपमा ५० वर्ष सेवा गरेका छन्।

उनका छोरा मोहम्मद विन सलमानको पनि लोकप्रियता उत्तिकै छ। उनले अर्थतन्त्रसँगै त्यहाँको सामाजिक क्षेत्र सुधारका योजना अगाडि बढाइरहेका छन् जसलाई प्रगतिशील रहेको बताइन्छ।

मुलत: तेलमाथिको निर्भरता हटाउन उनी सक्रिय छन्। अहिलेका राजापछि सत्ता सम्हाल्ने उनी युवापुस्तामा लोकप्रिय छन्। ३४ वर्षका उनले महिलामाथिका धेरै प्रतिबन्धहरुलाई खारेज गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell