PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

एउटै पालिकामा ४६ जना संक्रमित, पर्सा र बारामा ५० जनामा कोभिड १९ पोजेटिभ



पहिलोपोस्ट

एउटै पालिकामा ४६ जना संक्रमित, पर्सा र बारामा ५० जनामा कोभिड १९ पोजेटिभ

वीरगंज : पर्सा र बारामा एकै दिन ५० जना कोरोना संक्रमित थपिएका छन्।

पर्सामा ४ र बारामा ४६ गरी कुल ५० जना संक्रमित भेटिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले बताए। पर्सामा भेटिएका ४ जना होटल कुमु प्यालसको पेड क्वारेन्टाइनमा बसेका पुरुषहरु हुन्। उनीहरु भारतबाट आएका थिए।

त्यसैगरी, भारत र नेपालको अन्य जिल्लाबाट बाराको देवताल गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ४६ जनामा कोरोना पुष्टि भएको उनले बताएका छन्। नारायणी अस्पतालको ल्याबमा आइतवार परीक्षण भएको नमुनामा एकै दिन ५० जनामा कोरोना पुष्टि भएको हो। बाराको देवतालमा भेटिएका ४६ जनामध्ये १० जना महिला र ३६ जना पुरुष रहेको बताइएको छ।

कोरोना पुष्टि भएका सबैलाई पर्सा र बारामा तोकिएको आइसोलेसन वार्ड युक्त अस्पतालमा लैजाने काम भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell