PahiloPost

Jun 24, 2026 | १० असार २०८३

८० हजार घूस लिँदालिँदै सब इन्जिनियरसहित दुई जना समातिए



पहिलोपोस्ट

८० हजार घूस लिँदालिँदै सब इन्जिनियरसहित दुई जना समातिए

वीरगंज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बाराबाट ८० हजार रुपैयाँ घूस रकमसहित दुई जनालाई पक्राउ गरेको छ। एक जना सब इन्जिनियर र उनका सहयोगीलाई पक्राउ गरेको हो।

आयोगको हेटौडा क्षेत्रीय कार्यालयबाट आएको टोलीले आइतबार साँझ उनीहरूलाई कलैयाबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कलैयाका सव–इन्जिनियर गजेन्द्रप्रसाद जैसवाल र उनका उनका सहयोगी चन्दन जैसवाललाई कलैया उपमहानगरपालिका वडा नम्बर ४ बाट हिरासतमा लिइएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।

नदी तटबन्धको जाली लगाउने कार्यमा भुक्तानी गरिदिएबापत जैसवालले सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस रकम माग गरेको आयोगले जानकारी दिएको छ।

सेवाग्राहीसँग ८० हजार घूस लिएको रकम सब इन्जिनियर जैसवालले आफ्ना सहयोगीलाई दिएर भाग्न खोज्दा अख्तियार टोलीले  दुवैलाई पक्राउ गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell