PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

घरबेटीले कोठाबाट निकालिदिएपछि सडकमा अलपत्र आमा र बच्चालाई सोनुले घर दिने



पहिलोपोस्ट

घरबेटीले कोठाबाट निकालिदिएपछि सडकमा अलपत्र आमा र बच्चालाई सोनुले घर दिने

बलिउड अभिनेता सोनु सुदले सडकमा अलपत्र महिला र बच्चाका लागि घर दिने घोषणा गरेका छन्।

पछिल्लो समय लकडाउनमा प्रवासी मजदुरका लागि यातायातदेखि खान बस्नसम्म सहयोग गर्दै आएका सोनुले पटनामा अलपत्र परिवारलाई घर दिने निर्णय गरेका हुन्।

सामाजिक सञ्जाल ट्वीटरमा अंकित राजगढियाले सोनुलाई मेन्सन गरेर घरबेटीले कोठाबाट निकालेपछि सडकमा बच्चासहित बसिरहेकी महिलाको तस्विर शेयर गरेका थिए। उक्त ट्वीटमा प्रतिक्रिया दिँदै सोनुले यो परिवारले घर पाउने उल्लेख गरेका छन्।

अंकिले लेखेका छन्, 'सर पतिको मृत्युपछि यी महिला पटनामा बस्दै आएकी थिइन्। घरबेटीले कोठाबाट निकालिदिए। एक महिनादेखि सडकको किनारमा बसिरहेकी छिन्। २ साना बच्चा भोकले तड्पिरहेका छन्। तपाईले सहयोग गर्नुस्। सरकारसँग यिनको कुनै आशा छैन।’

जवाफमा सोनुले लेखेका छन्, ‘भोलि यो परिवारको शिरमा छत हुनेछ। यी साना बालकका लागि एक घर जरुर हुनेछ।’ सोनुको जवाफपछि धेरैले उनलाई धन्यवाद दिएका छन्‍।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell