PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

नेपाली फिल्म 'चिसो वर्ष'को पटकथालाई ७५ हजार युरो पुरस्कार



पहिलोपोस्ट

नेपाली फिल्म 'चिसो वर्ष'को पटकथालाई ७५ हजार युरो पुरस्कार

फिल्मकर्मी मीनबहादुर भामको नयाँ फिल्म 'चिसो वर्ष' (अ इयर अफ कोल्ड)' ले ७५ हजार युरो बराबरको नगद पुरस्कार जितेको छ। फिल्मको पटकथाका लागि टर्कीको 'टुवेल्भ पुन्टो स्क्रिप्ट ल्याब'ले उक्त पुरस्कार प्रदान गरेको हो।

नेपाल र टर्कीको सह-निर्माण रहने फिल्मले एक तिब्बती महिलाले श्रीमान खोज्न गर्ने संघर्षको कथा भन्छ। उनी गर्भवती हुन्छिन्। श्रीमान पेमा एक्कासी हराएपछि उनी पतिको खोजिमा निस्किन्छिन् र कथा अघि बढ्छ।

फिल्म निर्देशक एवं समीक्षक दीपेन्द्र लामाले भामलाई पुरस्कारका लागि बधाईसहित फेसबुक पोस्ट लेखेका छन्।

'कालो पोथी'पछि 'चिसो वर्ष' फिल्मको तयारीमा छन् मीनबहादुर भाम । उनको यो निर्माणाधीन फिल्मको पटकथाले टर्कीमा करिब एक करोड...

Posted by Dipendra Lama on Sunday, July 19, 2020

'चिसो वर्ष' २०७४ सालमा घोषणा भएको थियो। फिल्मले जितेको यो पहिलो पहिलो अन्तर्राष्ट्रिय पुरस्कार भने होइन। यसअघि पेरिसमा भइरहेको ७२ औं कान्स फिल्म फेस्टिभलमा निर्माणाधीन नेपाली फिल्म द इयर अफ कोल्ड 'चिसो वर्ष' पुरस्कृत भएको छ। विश्वभरका ५२ फिल्मकर्मीले पेस गरेका परियोजनामध्ये ६ फिल्मले नर्वेजियन सरफन्ड प्राप्त गरे। तीमध्ये एक निर्देशक मीनबहादुर भामको परियोजना रह्यो।

फिल्म निर्माणका लागि उनले ६० हजार अमेरिकी डलर प्राप्त गरे।

यसअघि सन् २०१९ मा पेरिसमा आयोजित ७२ औं कान्स फिल्म फेस्टिभलमा चिसो वर्षले ६० हजार अमेरिकी डलर बराबरको नर्वेजियन सरफन्ड प्राप्त गर्‍यो। त्यस्तै सन् २०१८ मा स्वीटजरल्यान्डको लोकार्नो फिल्म फेस्टिभलमा ६ हजार युरो जितेको थियो।

लेखनको सुरुवाती चरणमा पनि फिल्मले सिनेफन्डेसन रेसिडेन्स, बुसान फेस्टिभलमा पनि फन्ड प्राप्त गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell