काठमाडौं : सोमवार थप १ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ४ हजार ३ सय २ जनामा गरिएको पीसीआर परीक्षणमा १ सय ८६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
योसँगै देशभर कोरोना भाइरसका संक्रमितको संख्या १७ हजार ८ हजार ४४ पुगेको छ। नियमित प्रेस ब्रिफिङमा गौतमले हालसम्म ५ हजार ९ सय ३६ संक्रिय संक्रमित रहेको बताए। हालसम्म ११ हजार ८ सय ६८ जना डिस्चार्ज भएका छन् भने ४० जनाको मृत्यु भएको छ।
