काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय महिला विभागमा पदाधिकारी मनोनयन गरिएको छ। सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सोमवार महिला विभागमा एक सचिव र ३७ जना सदस्य मनोनित गरेका हुन्।
देउवाले विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य ईश्वरी न्यौपानेलाई फागुन १९ गते नै मनोनयन गरिसकेका छन्।
मनोनित सदस्यमा अनार बस्नेत (काठमाण्डौ प्रदेश नं ३), अम्विका न्यौपाने (गोर्खा प्रदेश नं ४), ईन्दिरा कोइराला (काठमाण्डौ प्रदेश नं ३), कल्पना केसी (कञ्चनपुर प्रदेश नं ७), कृष्ण कुमारी बस्नेत (काठमाण्डौ प्रदेश नं ३), खगेश्वरा आचार्य (सुर्खेत प्रदेश नं ६), खगेश्वरी भण्डारी (स्याङ्गजा प्रदेश नं ४), खगेश्वरी शर्मा (बागलुङ्ग प्रदेश नं ४), गुणलक्ष्मी ज्ञवाली (कपिलवस्तु प्रदेश नं ५) जन्नतुन निशा धुनियाँ (रुपन्देही प्रदेश नं ५) रहेका छन्।
त्यसैगरी टिका कुमारी बुढा थापा मगर (रोल्पा प्रदेश नं ५), ठाकुर कुमारी पौडेल (चितवन प्रदेश नं ३), दुर्गादेवि महतो (पर्सा प्रदेश नं २), धनलक्ष्मी श्रेष्ठ (प्युठान प्रदेश नं ५), धनसिला मल्ल (मुगु प्रदेश नं ६), नगिना यादव (महोत्तरी प्रदेश नं २), नारुदेवि ओझा (डडेल्धुरा प्रदेश नं ७), निर्मला खड्का (दैलेख प्रदेश नं ६), पार्वती यादव (मोरङ्ग प्रदेश नं १), पुष्षलता लामा (धनुषा प्रदेश नं २) सदस्यमा मनोनित भएका छन्।
त्यसैगरी प्रेमकुमारी तामाङ्ग (चितवन प्रदेश नं ३), मनोरमा शेरचन (रुपन्देही प्रदेश नं ५), ममता तामाङ्ग (सुनसरी प्रदेश नं १), यशोदा चालिसे (सर्लाही प्रदेश नं २), रमादेवि न्यौपाने (डोल्पा प्रदेश नं ६), राधिका सिंह (बाजुरा प्रदेश नं ७), रिता चौधरी (कैलाली प्रदेश नं ७), रेखा गुरुङ्ग (पर्वत प्रदेश नं ४), ललिता सुनार (कैलाली प्रदेश नं ७) रहेका छन्।
सभापति देउवाले प्रदेश १ को सुनसरीकी लक्ष्मी खतिवडालाई सचिवमा मनोनित गरेका छन्।
त्यस्तै अन्य मनोनित सदस्यमा लालीमाया तामाङ्ग (नुवाकोट प्रदेश नं ३), शकुन्तला त्रिपाठी (रामेछाप प्रदेश नं ३), शर्मिला श्रेष्ठ (मकवानपुर प्रदेश नं ३), शारदा पौडेल (कास्की प्रदेश नं ४), शुशिला थापा (दाङ प्रदेश नं ५), शुशिला यादव (सप्तरी प्रदेश नं २), संगिता चौधरी (बाँके प्रदेश नं ५), सावित्री गुरुङ्ग (पाँचथर प्रदेश नं १) रहेका छन्।
