PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

समुदायमा कोरोनाको संक्रमण अध्ययन गर्न १२ सय ‘र्‍यान्डम स्याम्पल’ परीक्षण गर्दै प्रदेश ५ सरकार



पहिलोपोस्ट

समुदायमा कोरोनाको संक्रमण अध्ययन गर्न १२ सय ‘र्‍यान्डम स्याम्पल’ परीक्षण गर्दै प्रदेश ५ सरकार

काठमाडौं : पाँच नम्बर प्रदेश सरकारले समुदायमा कोरोना भाइरसको संक्रमणको अवस्था अध्ययन गर्ने भएको छ।

पाँच नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले सोमवार विज्ञप्ति जारी गर्दै १ हजार २ सय ‘र्‍यान्डम स्याम्पल’ परीक्षण गर्ने जानकारी दिएको छ।

कोभिड १९ महामारीको प्रभाव समुदायस्तरसम्म फैलिएको वा नफैलिएको पत्ता लगाउनको लागि अधिक जनसम्पर्क हुने स्थानहरु जस्तै बैंक तथा वित्तीय संस्था, अत्यावश्यक सामग्री बिक्री गर्ने पसलहरु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत जनसमुदायस्तरबाट नमूना संकलन गरिने प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन अर्यालले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

उनका अनुसार प्रदेशका अर्घाखाँची, नवलपरासी, रुपन्देही, बर्दिया, कपिलवस्तु र दाङबाट १ हजार २ सय जनाको र्‍यान्डम स्याम्पलिङ विधिबाट नमूना संकलन गरी पीसीआर परीक्षण गरिनेछ।

यो परीक्षणबाट समुदायस्तरमा जोखिमको स्तरबारे सही तथ्यांक र सूचना दिने मन्त्रालयको विश्वास छ। यहीँ आधारमा आगामी दिनमा महामारी न्यूनीकरण र महामारीले उत्पन्न गरेको प्रभावलाई यथोचित सम्बोधन गर्न आवश्यक योजना बनाउन मद्दत पुग्ने विज्ञप्तिमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell