PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

वाग्मतीमा बाढी : बन्सीघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह

वाग्मतीमा बाढी : बन्सीघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : शनिवार रातिदेखि अविरल परेको वर्षाका कारण काठमाडौंका नदीहरुमा पानीको बहाव बढ्दै गएको छ। वाग्मती नदीमा पानीको सतह बढेर नदी किनारमा रहेका बस्तीहरु डुबानमा परेका छन्। 

आइतबार दिउँसो वाग्मती नदीको किनारमा रहेको बन्सीघाट मार्ग रहेको बस्ती डुबानमा परेको छ। अझै पाँचदिन वर्षा हुने र नदीको सतह बढ्ने खतरा बढेको भन्दै त्रिपुरेश्वर टेकु क्षेत्रमा रहेको उक्त मार्गमा रहेका बासिन्दाहरुलाई घर खाली गरी सुरक्षित स्थान तर्फ जान प्रशासनले आग्रह गरेको छ।  

त्यस्तै थापाथलीमा रहेको सुकुम्बासी बस्तीमा पनि वाग्मती पसेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell