PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

चीनको 'केरुङ च्छो' ताल फुट्ने खतरा, सिन्धुपाल्‍चोकका बाह्रविसे र भोटेकोशी क्षेत्रका बस्ती छाड्न प्रशासनको आग्रह



पहिलोपोस्ट

चीनको 'केरुङ च्छो' ताल फुट्ने खतरा, सिन्धुपाल्‍चोकका बाह्रविसे र भोटेकोशी क्षेत्रका बस्ती छाड्न प्रशासनको आग्रह
फाइल फोटो

काठमाडौं : चीनको खासामा रहेको ‘केरुङ च्छो’ ताल फुटेर नेपालको सिन्धुपाल्चोक जिल्लामा ठूलो क्षति पुग्न सक्ने भन्दै चिनियाँ अधिकारीहरुले नेपाललाई सतर्कता अपनाउन आग्रह गरेका छन्।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले एक विज्ञप्ति जारी गर्दै चिनियाँ अधिकारीहरुले अविरल वर्षाका कारण पानी भर्न गई ताल जुनसुकै बेलामा फुट्न सक्ने र त्यसबाट भोटेकोशी नदीमा आकस्मिक रुपमा पानीको बहाब बढ्न सक्ने तर्फ सचेत गराएको उल्लेख गरिएको छ।

ताल फुटेको खण्डमा भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका साथै नदी किनारमा रहेका अन्य मानव बस्ती बगाउन सक्ने र ठूलो क्षति हुन सक्ने खतरा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रशासनले सम्भावित जोखिम क्षेत्रमा सतर्कता अपनाउन र भोटेकोशी किनारमा रहेका बस्तीहरु तत्काल खाली गरी सुरक्षित स्थानमा जान आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell