PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

तनहुँमा पहिरोले पुरिएर एकै परिवारका २ जनाको मृत्यु



पहिलोपोस्ट

तनहुँमा पहिरोले पुरिएर एकै परिवारका २ जनाको मृत्यु

काठमाडौं : तनहुँको भानु नगरपालिका-९ सिमगैरामा पहिरोले पुरिएर २ जनाको मृत्यु भएको छ। सोमवार आएको पहिरोले सिमगैरामा बस्ने महिन्द्र धरालीको घर र सँगै रहेको उनका भाइको घर बगाएको थियो।

पहिरोले पुरिएर महेन्द्र धरालीकी आमा ८० वर्षीया तिलमाया धराली र छोरी १७ वर्षीया त्रिप्सा धराली बेपत्ता भएका थिए। उनीहरुको खोजी कार्यका लागि खटिएको प्रहरी टोलीले त्रिप्सालाई उद्धार गरी उपचारको लागि अस्पताल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको छ।

साथै, तिलमाया धरालीलाई मृत अवस्थामा पहिरोले पुरिएको स्थानबाट निकालिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell