PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

रोनाल्डोको कीर्तिमानी गोलमा युभेन्टसको जित



पहिलोपोस्ट

रोनाल्डोको कीर्तिमानी गोलमा युभेन्टसको जित

इटालियन सिरि ए अन्तर्गत गएराति भएको खेलमा लिग लिडर युभेन्टसले लाजियोमाथि जित निकालेको छ। एलिनाज स्टेडियममा भएको खेलमा क्रिस्टियानो रोनाल्डोले दोहोरो गोल गरेसँगै युभेन्टसले २-० को जित निकालेको हो।

पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा युभेन्टसका लागि रोनाल्डोले अग्रता बनाएका थिए। उनले खेलको ५१ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए। र त्यसको तीन मिनेटभित्रै पाउलो डिब्यालाको पासमा दोस्रो गोल गरेका थिए। अर्कोतर्फ लाजियोले गोल फर्काउन नसक्दा खेल युभेन्टसले २-० ले जित्यो।

दोहोरो गोल गरेका रोनाल्डोले कीर्तिमानसमेत बनाएका छन्। उनी प्रिमियर लिग, ला लिगा र सिरि ए मा ५० गोल कटाउने पहिलो खेलाडी बनेका छन्। उनले प्रिमियर लिगमा ८४ गोल, ला लिगामा ३११ गोल र सिरि ए मा ५१ गोल पुर्‍याएका छन्। त्यस्तै सन् १९८५ यता सबैभन्दा छिटो सिरि ए मा ५० गोल पुर्‍याउने खेलाडीसमेत बनेका छन्।  त्यस्तै सन् १९५२ यता युभेन्टसका लागि सिरि ए को एउटै सिजनमा ३० गोल पुर्‍याउने पनि पहिलो खेलाडी बनेका छन्।

जितसँगै ८० अंक बनाएको युभेन्टस तालिकाको शीर्षस्थानमा छ। त्यस्तै इन्टरमिलान ७२, एटलान्टा ७१ र लाजियो ६९ अंकसहित क्रमश दोस्रो, तेस्रो र चौथो स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell