काठमाडौं : नेपाल क्रिकेट संघ क्यानको कार्यसम्पादन समितिको बैठकले प्रमुख प्रशिक्षकको पदपूर्तिका लागि हप्तादिन भित्र सूचना प्रकासित गर्नेदेखि साधारणसभाको मिति तोक्ने लगायतका सातवटा निर्णय गरेको छ।
समितिले मुलपानी स्टेडियमका लागि आवश्यक ६ कर्मचारी नियुक्त गर्ने साथै पोखरा, भैरहवा र वीरगञ्जमा एक/एक जना पिच क्युरेटर नियुक्त गर्ने पनि निर्णय गरेको छ।
त्यस्तै, विक्रम न्यौपानेलाई पूर्णकालीन फिजियो नियुक्त गर्दै अर्को निर्णय नभएसम्मका लागि टिमसँग सम्बन्धित विषयहरुको समन्वय र ब्यवस्थापनको जिम्मेवारीसमेत दिएको छ।
त्यस्तै, केन्द्रीय सदस्य जयन्ती भट्टको संयोजकत्वमा 'महिला क्रिकेट विकास समिति' गठन गर्ने र त्यसमा प्रदेश समितिमार्फत् अन्य सदस्य थप गर्ने निर्णय गरेको छ।
क्यानको साधारणसभा भदौ १५ गतेभित्र सम्पन्न गर्ने पनि निर्णय गरेको छ।
