PahiloPost

Jul 20, 2026 | ४ साउन २०८३

सुदूरपश्चिम सरकारका चार वटा मन्त्रालय नजिकै बमजस्तै शंकास्पद वस्तु



एम बम

सुदूरपश्चिम सरकारका चार वटा मन्त्रालय नजिकै बमजस्तै शंकास्पद वस्तु

कैलाली : सुदूरपश्चिम सरकारका चार वटा मन्त्रालय नजिकै बम फेला परेको छ। सुदूर पश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय जाने बाटोको अगाडि बम फेला परेको हो।

धनगढीस्थित मुख्य सडक नजिकै रहेका दुवै मन्त्रालय जाने बाटोमा कुकर बमजस्तै देखिने बस्तु फेला परेको हो। यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्रालय रहेको पार्क मोडमा पनि बम फेला परेको छ। त्यसैगरी सामाजिक मन्त्रालय नजिकै पनि बम फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बम जस्तै देखिने शंकास्पद बस्तुहरु सुदुर पश्चिम सरकारका चार मन्त्रालय नजिकै फेला परेको बताए। उनका अनुसार डिस्पोजका लागि नेपाली सेनाको टोली सो स्थानमा पुगिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell