काठमाडौं: नेपाल प्रहरीका १ सय ९५ जना सहायक प्रहरी निरीक्षक (असई) को बढुवा भएको छ।
सोमबार बसेको बढुवा समितिले १ सय ९५ सहायक प्रहरी निरीक्षकलाई प्रहरी नायव निरीक्षकमा बढुवाका लागि सिफारिस गरेको हो।
बढुवाको प्राप्त अंकको आधारमा पहिलो नम्बरमा फूलमायाँ क्याप्छाकी ८५ दशमलव २७ अंक प्राप्त गरेकी छिन्।
