PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

धादिङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु



पहिलोपोस्ट

धादिङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौं : धादिङमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

त्रिपुरासुन्दरी गाउँपालिका ६ का मिलन खाँड, उनकी श्रीमती सम्झना र साढे २ वर्षीया छोरीको मृत्यु भएको हो।

'पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको हो। अन्य स्थानमा आएको पहिरो तथा बाढीको अवरोध तथा उद्धारको लागि सुरक्षाकर्मी परिचालन भइसकेको छ,' धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने।

केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा पहिरो तथा डुवान भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell