PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

किन भइरहेको छ लगातार वर्षा? कहिलेबाट रोकिएला?



पहिलोपोस्ट

किन भइरहेको छ लगातार वर्षा? कहिलेबाट रोकिएला?

काठमाडौं : केही दिनदेखि देशभरका विभिन्न स्थानमा वर्षा भइरहेको छ। राजधानी काठमाडौंमा पनि लगातार वर्षा भइरहेको छ। वर्षाका कारण देशभर बाढी पहिरोको जोखिम बढेर गएको छ। सोमवारमात्र बाढी तथा पहिरोमा परेर सात जनाको मृत्यु भइसकेको छ।

मंगलवार बिहानै धादिङमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। त्रिपुरासुन्दरी गाउँपालिका ६ का मिलन खाँड, उनकी श्रीमती सम्झना र साढे २ वर्षीया छोरीको मृत्यु भएको हो। जल तथा मौसमपूर्वमान महाशाखाले अहिले परेको वर्षा बिहीवारसम्म जारी रहने जानकारी दिएको छ।

न्युन चापीय रेखा नेपालसँग नजिक भएकाले वर्षा भइरहेको मौसमविद् राजु प्रधानाङ्गले बताए। 'यो मनसुन सबैभन्दा बढी सक्रिय हुने समय हो। अहिले न्युन चापीय रेखा नेपाल नजिकै छ त्यसैले गर्दा लगातार वर्षा भइरहेको छ,' उनले भने।

अहिले भएको वर्षा बिहीवारदेखि केही स्थानमा सुधार आउने छ। तर, देशका केही भागमा भने वर्षा भइ नै रहने छ। प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानमा भने सुधार आउन केही समय लाग्ने मौसमविद् प्रधानाङ्गले जानकारी दिए।

साउन ६ गते (मंगलवार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ। प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन ७ गते (बुधवार)

दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन ८ गते (बिहीवार)

दिउँसोः देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश तथा प्रदेश ५ को थोरै स्थान र वाग्मती प्रदेशको एक वा दुई ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell