PahiloPost

Jun 24, 2026 | १० असार २०८३

'नेकपा स्थायी कमिटीको बैठक अहिलेसम्म स्थगित हुने सूचना आएको छैन'



पहिलोपोस्ट

'नेकपा स्थायी कमिटीको बैठक अहिलेसम्म स्थगित हुने सूचना आएको छैन'

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ। असार १८ गते यता बस्न नसेको बैठक अहिले ११ बजेबाट बस्ने केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए।

'अहिलेसम्म बैठक बस्ने भन्ने छ। नयाँ सूचना आएको छैन,' उनले भने।

पछिल्लो पटक स्थगित हुँदै आएको बैठक ४ फेरि स्थगित गरेर आजका लागि बोलाइएको थियो।

असार १० शुरु भएको बैठक आन्तरिक कलह ल्याण्डिङ नहुँदा बैठक सञ्चालन हुन सकेको छैन। १० गते यता ७ पटक स्थगित भइसकेको छ। त्यसैले धेरैमा आजको बैठक पनि बस्छ या बस्दैन भन्ने अन्योल नै छ।

विवाद समाधानका लागि भन्दै गत शनिवार सचिवालय बैठक बोलाइएको थियो। बैठकमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा नै अधिवेशन गर्ने प्रस्ताव अघि सारेका थिए। उक्त प्रस्तावले नेकपा नेताहरुहरुमा झनै शंका उब्जाएको छ। प्रधानमन्त्रीको प्रस्ताव सम्भव नभएको बताएका वरिष्ठ नेता माधवकुमार नेपाललाई आफू महाधिवेशनको प्रस्तावमा सहमत नभएको स्पष्टिकरण अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिइसकेका छन्। उनले आफ्ना गुटका स्थायी कमिटी सदस्यहरुलाई सोमवार निवासमा बोलाएर वैचारिक विषय टुंगो नलगेकाले मंसिरमा महाधिवेशनमा जान नसक्ने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell