काठमाडौं : गण्डकी प्रदेशका तीन जिल्लामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
क्षयरोग उपचार केन्द्र, पोखरामा भएको परीक्षणमा थप ९ जनामा कोरोना देखिएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिए।
म्याग्दी, बाग्लुङ र स्याङ्जामा तीन/ तीन जनामा कोरोना पोजेटिभ देखिएको हो। संक्रमित सबै जना पुरुष हुन्। उनीहरुलाई सम्वन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए। यससँगै गण्डकी प्रदेशमा संक्रमितको सङख्या १ हजार ३ सय २९ पुगेको छ। जसमध्ये १ हजार २० जना उपचारपछि घर फर्किएका छन्।
